No Image Headlineदेश
प्रदेश-२ र कर्णालीबाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं— मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।



मौसम पूर्वानुमान महाशाखाकाका अनुसार शनिबार प्रदेश-२ र कर्णाली प्रदेश बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ ।



हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मुलुकका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



राति गण्डकी र सदूरपश्चिम प्रदेका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।