यस्तो पनि

नेपालीले एकै दिन खाए ७५ लाख लिटर दूधको खीर !

Thrill Factory
Rungta Group

काठमाडौं-साउन १५ अर्थात् खीर दिवसका दिन ७५ लाख लिटर दूध खपत भएको छ। नेपालीहरूले एकै दिन ७५ लाख लिटर दूधको खीर खाएका हुन्।

सामान्य अवस्थामा दैनिक २० लिटर दूध खपत हुने गरेकोमा यस दिन भने ७० देखि ७५ लिटर दूध खपत भएको नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताए।

दाहालका अनुसार विगत वर्षमा साउन १५ मा दूध अभाव हुने गरेकोमा कोरोना महामारीका कारण यस वर्ष भने अभाव भएन। कोरोना महामारीका कारण बढी दूध खपत हुने विद्यालय, पार्टी प्यालेसलगायतका क्षेत्र बन्द रहेका कारण अभाव नभएको हो। त्यसो त साउन १५ कै लागि भनेर गाईभैंसीले अन्य दिनको तुलनामा बढी दूध दिँदैनन्।

डेरी उद्योगहरूले नै त्यसको व्यवस्थापन गर्ने गरेका छन्। साउन १५ लाई नै केन्द्रित गरेर डेरी उद्योगहरूले १५ दिनअगाडिदेखि नै दूध स्टोर गर्ने भएकाले सो दिन मागअनुसारको आपूर्ति सम्भव भएको महासचिव दाहालले बताउनुभयो ।

दाहालका अनुसार दैनिक देशभर ६२ लाख लिटर दूध उत्पादन हुने गरेकोमा डेरीमा ३१ लख लिटरमात्रै आउने गरेको छ । जसमध्ये २० लाख लिटरमात्रै दूधका रूपमा र बाँकी दही, आइसक्रिम र मिठाइलगायतमा खपत हुने गरेको छ।

दूधको बजार प्रवद्र्धनका लागि यस वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिवसका रूपमा मनाउन सुरु गरेको छ ।

बोर्डले सरोकारवाला निकाय पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी पालन सहकारी संघ तथा नेपाल डेरी साइन्स एसोसिएसनको संलग्नतामा संयुक्तरूपमा खीर दिवस मनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button