No Image Headlineदेश

विश्वभर बढ्यो करोनाः एकैदिन नौ हजारभन्दा बढीले ज्यान गुमाए

काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या फेरि लगातार बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा ६ लाख २९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये अमेरिकामा मात्रै ९० हजार ४०० कोरोना संक्रमित थपिएका छन्। त्यहाँ ४१२ जनाको मृत्यु भएको छ।

भारतमा ४२ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ६०० छ। यसैगरी इन्डोनेसियामा ४१ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ७५९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ४१ हजार संक्रमित थपिँदा ८८६ जनाले कोरोनाबाटै ज्यान गुमाएका छन्। यस्तै‚ बेलायतमा २९ हजार ६००, स्पेनमा २४ हजार ७००, इरानमा २४ हजार ७१५, फ्रान्समा २४ हजार ३०० र रसियामा २३ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर नौ हजार १९१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button