तेल ट्यांकरमा इरानले आक्रमण गरेको इजरायलको आरोप

तेलको ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको इजरायलले आरोप लगाएको छ । गएको बिहीबार भएको घटनामा चालकदलका दुईजनाको ज्यान गएको थियो ।
लण्डनमा रहेको कम्पनी जोडियाक मारटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट (तेल बोक्ने पानी जहाज) मा भएको आक्रमणमा चालक दलका एक बेलायती र एक रोमानियन नागरिकको ज्यान गएको थियो । घटना अरबियन सागरको ओमन कोस्ट नजिक भएको हो ।


इजरायली यातायात कम्नी अयाल ओफेरको स्वामित्वमा रहेको कम्पनीले सञ्चालन गरेको ट्यांकरमा आक्रमण भएको हो । घटनाको वास्तविकताको खोजीका लागि अनुसन्धान भइरहेको आफेरले उल्लेख गरेको छ ।
इजरायलका विदेश मन्त्री यायर लेपिडले शुक्रबार इरानमाथि आतंकवादको आरोप लगाएका हुन् । इरान इजरायलका लागि मात्रै समस्या नभएर विश्वकै लागि रहेको र विश्व समुदाय चुप बस्न नहुने विदेश मन्त्री लेपिडले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
तर अझैसम्म जापानको स्वामित्वमा रहेको ट्यांकरमा भएको आक्रमणको विस्तृत विवरण भने थाहा भएको छैन । इरानले अझैसम्म इजरायलको आरोपमाथि टिप्पणी गरेको छैन ।