अन्तराष्ट्रिय

अफगानिस्तानमा बाढी : ६० जनाको ज्यान गयो

Thrill Factory
Rungta Group

अफगानिस्तानमा आएको बाढीले ६० जनाको ज्यान लिएको छ । कयौँ बेपत्ता भएका छन् ।

पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढी आएको बीबीसीले जनाएको छ । बाढीका कारण कयौँ घर भत्किएका छन् ।

विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले थप अरु जानकारी आएको छैन । बाढीमा हराएकाको खोजी भइरहेको र विस्थापितलाई राहत वितरण गर्न अनुमति दिने तालिबानका प्रवक्ताले बताएका खबरमा उल्लेख गरिएको छ ।

दुर्गम भएकाले बाढीग्रस्त क्षेत्रमा राहत सामग्री पुर्याउन चुनौती रहेको अफगानिस्तानका सरकारी अधिकारीले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button