अन्तराष्ट्रिय

चिनियाँ विदेशमन्त्री वाङ – तालिबान नेता घानी भेटवार्ता

Thrill Factory
Rungta Group

काठमाडौँ- तालिबान नेता मुल्लाह अब्दुल घानीसहितको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेको छ।

चीन पुगेको घानी नेतृत्वको टोलीले विदेशमन्त्री वाङसँग बुधबार चीनको उत्तरपूर्वी शहर तियान्जिनमा भेटेको हो ।

भेटका क्रममा विदेश मन्त्री यीले अफगानिस्तानको पुनर्संरचना र मेलमिलापमा तालिबानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको सिन्ह्वाले जनाएको छ ।

चीनको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष खतरामा पार्न सक्ने इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई नसघाउन पनि उनले तालिबानलाई आग्रह गरेका छन् ।

जवाफमा तालिबान नेताहरूले चीनलाई खतरा हुने कुनै कामका लागि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ । अमेरिकी र नाटो सैनिक अफगानिस्तानबाट फर्किएलगत्तै तालिबानले  चीनसँग सम्बन्ध बढाउन खोज्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button