No Image Headlineअर्थदेश

उखु किसानका पीडा : पसिनाको कमाइ पाउन कति धाउनु सडक आन्दोलनमा ?

Thrill Factory
Rungta Group

काठमाडौं-संघर्षरत उखु किसानहरुले पुनः राजधानीकेन्द्रित आन्दोलनको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले भदौ ५ गतेसम्म किसानहरुको बाँकी सम्पूर्ण भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको घोषणा गरेको हो ।

यदि भदौ ५ गते भित्र पनि बक्यौता बाँकी रहेका किसानहरुले उखुको भुक्तानी नपाए, पुनः राजधानी केन्द्रित आन्दोलन चर्काउने संघर्ष समितिले जनाएको छ । तर, यसपटकको आन्दोलन पहिले पहिलेको जस्तो नभएर निर्णायक हुने समेत संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

वर्षौवर्ष देखिको आफुहरुको करिब ९० करोड रुपैयाँ बराबरको उखुको भुक्तानी चिनी मिलले नदिएको भन्दै दोस्रो पटक गत वर्ष २०७७ साल पुसमा सरकार गुहार्न काठमाडौं आएका किसानहरुलाई सरकारले पुस १३ गते ५ बुँदे सहमति गरेर पठाएको थियो ।

सरकार र किसान बीचको उक्त सहमति अनुसार २१ दिनभित्र चिनी मिलहरुले सम्बन्धित किसानहरुको बाँकी सम्पूर्ण भुक्तानी दिने र नदिए त्यसको जिम्मेवारी उद्योग मन्त्रालयको हुने गरी सरकारले सहमति दिएको थियो ।

उक्त सहमति अनुसार हालसम्म पनि किसानहरुले सम्पूर्ण रकम भुक्तानी नपाएको भन्दै किसानहरुले पुन आन्दोलनको घोषणा गरेका छन् ।

संघर्षरत उखु किसानहरुको दावी अनुसार विभिन्न चिनी उद्योगहरूबाट गरी कुल ९० करोड रुपैयाँ बराबरको भुक्तानी बाँकी रहेतापनि सो मध्ये २५ करोड विवादित रहेको र बाँकी ६५ करोड रुपैयाँ चिनी उद्योगहरुले भुक्तानी गर्नुपर्ने भनेपनि सो रकम समेत हालसम्म आफुहरुले पूर्ण रुपमा पाउन नसकेको संघर्ष समितिको आरोप छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button