No Image Headlineखबर फटाफटदेश

३३६५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ३० हजार ३९०

Thrill Factory
Rungta Group

काठमाडौं-नेपालमा विगत २४ घण्टामा ३ हजार ३६५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार सो अवधिमा ९ हजार ५५५ ओटा पीसीआर परीक्षण  गरिएकोमा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षण गरिएकोमा १ हाजर ३० जना गरी कुल ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण  सो अवधिमा १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ९ हजार ८०७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सो अवधिमा १ हजार ३७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

उक्त अवधिमा थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ ।  हालसम्म नेपालमा ६ लाख ५० हजार ४४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेको छ । मन्त्रालयका अनुसार हाल २७ हजार ३५५ जना होम आईसोलेशनमा रहेका छन् भने कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button