
वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा मानवसेवा आश्रमको भवन निर्माणका लागि जग्गा प्रदान गरेको छ । नगरप्रमुख विजयकुमार सरावगीले आश्रमलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेका हुन् ।
माहानगरपालिकाको स्वामित्वमा रहेको वीरगञ्ज १५ लक्ष्मनवाको १८ कठ्ठा जग्गाको लालपुर्जा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्षलाई हस्तान्तरण गरेको प्रमुख सरावगीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।


सो जग्गामा बाटो नभएकोले बाटो खरीदका लागि २५ लाख रुपैयाँसमेत महानगरले उपलब्ध गराउने भएको छ । यसका लागि बजेट विनियोजन भएको महानगरले बताएको छ ।