अर्थ

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो

Thrill Factory
Rungta Group

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्चा बिन्दुमा पुगेको छ । बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम गरेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १५.३० अङ्कले बढेर तीन हजार ९४.९४ मा पुगेको छ । नेप्सेल अब तीन हजार १०० को बिन्दुको यात्रा तय गरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ बिन्दुले बढेर ५७४.३२ मा पुगेको छ । कूल २१९ कम्पनीको दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर रु १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरीद बिक्री भए ।

आजको कारोवारपछि बजार पूँजीकरण रु ४३ खर्ब पाँच अर्ब २२ करोड ५२ लाख ६० हजार बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च अङ्क हो । नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ ।

बैंकिङ १८.४५, जलविद्युुत् ४८.२७, उत्पादन ३७.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । व्यापार १६.३९, होटल तथा पर्यटन २५७.७१, विकास बैंक ४८.३६, वित्त ७०.१६, निर्जीवन बीमा ४४९.५६, अन्य २०११, लघुवित्त ३७.२४, जीवन बीमा ४३१.३८ र लगानी ३.२२ बिन्दुले उकालो लागेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button