No Image Headlineदेश

कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न २४ घण्टा समय

Birgunj Metropolitan Notice

काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिइएको छ।

बुधबार बसेको कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी रहेको काम पूरा गर्न जिम्मेवारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रवक्ता शर्माले भने, ‘भदौ १६ गते आउन ३५ दिन बाँकी छ। हामीले ८ ओटा तहमध्ये ७ ओटा तहको निर्वाचन सक्नुपर्ने हुन्छ। वडा तहको निर्वाचन हामीले स्थगित गरेका छौँ। क्रियाशील सदस्यको प्रतिवेदनमाथि छलफल थालनी भएको छ।’

समितीले भोलिसम्म अध्ययन गरेर प्रतिवेदन बुझाएपछि पार्टी केन्द्रीय कमिटीले निर्धारण गरेर अन्तिम रुप दिने उनले बताए। बैठक भोलि बिहीबार दिउँसो २ बजे फेरि बस्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button