No Image Headlineखबर फटाफटदेश

२४ घण्टामा थपिए ३८४० कोरोना संक्रमित, ३३ जनाको ज्यान गयो

Thrill Factory
Rungta Group

काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर तीन हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

थप ३३ जना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ७९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर जम्मा संक्रमितको संख्या सात लाख ४६ हजार ६५७ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना छ । पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button