No Image Headlineदेश

मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

Thrill Factory
Rungta Group

काठमाडौँ- सत्तारूढ गठबन्धनको बैठकले सरकार सञ्चालनमा न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिव २ घण्टा बसेको गठबन्धनको बैठकले सरकार सञ्चालनको लागि गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम बनाउने समझदारी भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

बैठकले मन्त्रालय भागबण्डा र मन्त्री छान्ने जिम्मा शीर्ष नेतृत्वलाई दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् विस्तारअघि गठबन्धनमा आवद्ध पाँच वटै दलका शीर्ष नेताले मन्त्रालय भागबण्डाको विषय टुंग्याउने खड्काले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता टुंगिएको तथा एमालेको माधव नेपाल समूहले पनि छिट्टै सरकारमा सहभागिताबारे निर्णय दिएपछि मन्त्रिपरिषद विस्तारको तयारी भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button