देश

उपेन्द्र यादव पक्षको आधिकारिकताविरुद्ध महन्थ ठाकुर पक्ष अदालत जाने

Thrill Factory
Rungta Group

काठमाडौं -जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ ।

सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बताए ।

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए । उनले यस विषयमा आवश्यक कानूनी परामर्श गरिरहेको पनि बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button