खबर फटाफटदेश

३८९९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौं -नेपालमा विगत २४ घण्टामा  थप ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  मंगलवार दिएको जानकारी अनुसार सो अवधिमा देशभर १७ हजार ५१८ जनामा कोरोना भाइरसको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

यसैगरी कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ  । योसँगै यसको संक्रमणबाट नेपालमा हालसम्म ९ हजार ७५८ जनाको मृत्यु भएको छ । त्यसैगरी सो अवधिमा १ हजार ७७५ जना संक्रमणमुक्त भएका छन्।

यसैबीच काठमाडौं उपत्यकामा थप ७७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ७७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौं जिल्लाका ४७५ जना, ललितपुर जिल्लाका १६७ जना र भक्तपुर जिल्लाका १३२ जना छन् । काठमाडौं उपत्यकामा हाल ८ हजार ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ। काठमाडौंमा ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९६६ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button