No Image Headlineखबर फटाफटदेशमुख्य खबर

चैतभित्र सबै नागरिकलाई खोप, १२ देखि १८ वर्ष उमेर समूहलाई पनि लगाइने

Thrill Factory
Rungta Group

काठमाडौं-सरकारले चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । असोज मसान्तसम्म ३३ प्रतिशत र चैत महिनाभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत कोभ्याक्समार्फत भदौको पहिलो साता जापानबाट एक्स्ट्राजेनेका खोप १६ लाख मात्रा र कोभ्याक्समार्फत नै भदौ अन्तिम साता ३ लाख ४८ हजार मात्रा आउनेछ ।

यस्तै, वैदेशिक अनुदानअन्तर्गत चीन सरकारबाट १६ लाख मात्रा साउनको अन्तिम साता प्राप्त हुनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार खरिदअन्तर्गत भारतबाट १० लाख मात्रा कोभिसिल्ड र चीनबाट ६० लाख मात्रा भेरोसिल खोप प्राप्त हुनेछ ।

कोभिसिल्ड भदौ दोस्रो साता र भेरोसिल भदौ अन्तिम साता प्राप्त हुनेगरी तयारी थालिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । असोजदेखि चैतसम्म थप ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुनसक्ने गरी प्रक्रिया अघि बढाइएको छ ।

१२ देखि १८ वर्ष उमेर समूहका ४९ लाख बालबालिकालाई पनि खोप लगाउने योजना बनाएको छ । त्यसका लागि खोप प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको छ ।

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार बालबालिकाका लागि फाइजरको खोप ६० लाख मात्रा लगाइनेछ । डा. लोहनीले खोप खरिद तथा अनुदान प्राप्तिका लागि प्रयास थप सघन बनाइरहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button