अर्थप्रदेश

आयातभन्दा चार गुणा बढी निर्यात

झापा – पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ ।

क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने १ करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब २६ करोड ४ लाख मूल्यको सामग्री निर्यात भएको थियो भने २ अर्ब ९९ करोड ४ लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ को संक्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तरराष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाइ छ ।

पूर्वी नाका हुँदै भारत र बंगलादेशमा सबैभन्दा बढी अलैंची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायत कृषिजन्य वस्तुको निर्यात हुने गरेको उनले बताए । उनले अलैंची, चिया, अम्रिसो र अन्य कृषिजन्य वस्तुको तलुनामा बढी निर्यात भएको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button