अर्थ

लघुवित्तमा राष्ट्र बैंकको नीतिगत कडाइ, लाभांश घट्ने

Thrill Factory
Rungta Group

काठमाडौं-नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो व्यवस्थाअनुसार तत्काललाई लघुवित्त कम्पनीको लाभांश वितरण घट्ने भएको छ ।

अब लघुवित्तहरूले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ ।

यो व्यवस्थाले संस्थाको लाभांश २० प्रतिशतमाथि भएमा सटटर्म लगानी गर्ने लगानीकर्ताको लाभांश तत्काल घट्ने तर दीर्घकालीन लगानीकर्तालाई भने केन्द्रीय बैंकले फुकुवा गरेपछि फिर्ता हुने नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्तराज लम्सालले बताए ।

यो व्यवस्थाले तत्काल लघुवित्तको शेयरमूल्यमा प्रभाव पर्नसक्ने उनको भनाइ छ । ‘विगतको लाभांश वितरण गर्ने संस्थालाई हेर्दा ७८ लघुवित्तमध्ये आधाको लाभांश वितरण २० प्रतिशत माथि थियो ।

अहिले पनि सोही स्थिति रहे ती संस्थाको लगानीकर्तालाई तत्काल सबै लाभांश पाउन नसक्दा प्रभाव पर्न जाला,’ उनले भने, ‘तर, संस्था बलियो बनाउन केन्द्रीय बैंकले चालेको कदम स्वागतयोग्य छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button