खबर फटाफटप्रदेश

लागु औषधसहित १ जना पक्राउ

Thrill Factory
Rungta Group

वीरगञ्ज- वीरगञ्ज महानगरपालिका १६ ईनर्वागाउँ चौताराबाट लागू औषधसहित १ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालको टोलीले वीरगञ्ज रामगढवाका अफरोज मियालाई आइतबार विभिन्न लागू औषधसहित पक्राउ गरेको हो ।

पैदल हिँडिरहेका मियाँलाई चेकजाँच गर्दा तरकारीको झोला भित्र लुकाएर ल्याएको लागु औषध नुर्फिन २०० एम्पुल, डाइजेपाम २०० एम्पुल र फेनारगन २०० फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

मियाँलाई नियन्त्रणमा लिई लागु औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि
बढाइएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button