खबर फटाफटप्रदेश

हतियारसहित ३ जना पक्राउ

Thrill Factory
Rungta Group

वीरञ्ज-वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा चोकस्थित एक होटलबाट हतियारसहित ३ जना व्यक्ति पक्राउ परेका छन् ।

हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेको सूचनाका आधारमा प्रदेश नं.२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरीका कार्यालय पर्साको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

वीरगञ्ज २५ सिर्सियाका अनिल पटेलको साथबाट एउटा कटुवा पेस्तोल बरामद भएको र उनीसहित अन्य २ जनालाई पनि पक्राउ गरी हातहतियारसम्बन्धी कसुरमा अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनीसँगै विक्रान्ता पटेल र रक्की पटेल पनि पक्राउ परेका छन् ।

उनीहरुसँग प्रदेश २ ०३ ०१३ प २०९७ र एउटा अनटेस्ट मोटरसाइकल पनि फेला परेको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button