No Image Headlineअर्थ

७ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, बजार ८ अंकले घट्यो

Thrill Factory
Rungta Group

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमवार बजार आठ अंकले  गिरावट आएको छ ।

यो दिन बजार घटेपनि कारोबारमा आएका २२३ ओटा कम्पनीमध्ये सात ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन बिशाल बजार कम्पनी,जानकी फाइनान्स,रिडी हाइड्रोपावर,माउण्टेन हाइड्रोनेपाल र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी हिमालयन उर्जा विकास कम्पनी र ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो ।
ती सात ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

यो दिन बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ हजार ३८५,जानकी फाइनान्सको रू. ५६६ दशमलव ५०,रिडी हाइड्रोपावरको रू. ६१६,माउण्टेन हाइड्रो नेपालको रू. ५३९ र ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ५६३ दशमलव १० कायम भएको छ ।

त्यसैगरी हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य रू. ४७५ दशमलव ५० र ङादी ग्रुप पावरको शेयरमूल्य रू. ८३९ दशमलव ८० पुगेको छ । अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button