देशमुख्य खबर

अफ्ट्यारोमा जसपाको महन्थ ठाकुर पक्ष: सर्वोच्चले दिएन अन्तरिम आदेश

Thrill Factory
Rungta Group

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष एकपछि अर्को अफ्ट्यारोमा जेलिन पुगेको छ । महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुर पक्षले सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । तर निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button