खबर फटाफटदेश

कोरोना संक्रमणबाट २४ घण्टामा १८ जनाको मृत्यु, २२३७ नयाँ संक्रमित थपिए

Thrill Factory
Rungta Group

काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १८ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतवार २४ घण्टामा कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा २ हजार २३७ जनामा संक्रमण देखिएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार २२८ पुगेको छ । यसैगरी, आइतवार २ हजार ५० जना निको भएसँगै हालसम्म ६ लाख ४३ हजार ६१५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४ दशमलव ६ प्रतिशत छ भने मृत्यु हुनेको दर १ दशमलव ५ प्रतिशत छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button