No Image Headlineग्यालरीप्रदेशमुख्य खबर

सार्वजनिक स्थल अतिक्रमणविरुद्ध आक्रामक वीरगञ्ज महानगर-फोटो फिचर

Thrill Factory
Rungta Group

वीरगञ्ज-नगरक्षेत्रका सडक र अन्य सार्वजनिक स्थलमा अतिक्रमण गर्नेविरुद्ध वीरगञ्ज महानगरपालिकाले आक्रामक रुपमा कारवाही अघि बढाएको छ । सडक तथा फुटपाथमा निर्माण सामग्री राखेर निर्माण कार्य गर्नेलाई वीरगञ्ज महानगरपालिकाले कारवाही शुरु गरेको हो ।

महानगरले आइतबार पनि नगरका विभिन्न क्षेत्रबाट त्यस्ता सामग्री नियन्त्रणमा लिएको छ । नयाँ बसपार्क, सेकेन्ड वाईपास, ब्रम्हचोक, मेन रोड, बसपार्कचौकलगायका स्थानबाट ईटा, गिटी, बालुवा, पुराना टायर, कवाडी सामान नियन्त्रणमा लिएको छ ।

सार्वजनकि सडक अवरुद्ध पारेर घर निर्माण गर्ने र व्यवसाय सञ्चालन गर्नेविरुद्ध महानगरले कारवाही अभियान चलाइएको महानगरले जनाएको छ ।

वीरगञ्जका सडक र गल्लीमा निर्माण इट्टा, बालुवा, गिटीलगायतका निर्माण सामग्री थुपार्दा आम सर्वसाधारणलाई सास्ती भइरहेको छ । यो प्रवृत्ति नियन्त्रणका लागि त्यस्तो सामाग्री नियन्त्रणमा लिने र जरीवानक तिराउने गरिएको महानगरले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button