No Image Headlineअर्थप्रदेश

वीरगन्ज-पथलैया व्यापारिक मार्ग: सुस्त गति, कहिले हुन्छ पूरा ?

Thrill Factory
Rungta Group

वीरगंज–पथलैया व्यापारिक मार्गको भौतिक प्रगति हालसम्म ७८ प्रतिशत मात्रै छ । कोरोना महामारीले तथा निषेधाज्ञाले गर्दा जनशक्ति, साधन–स्रोतको अभाव रहेको सडक निर्माणमा विलम्ब भएको निर्माण कम्पनीको भनाइ छ ।

निर्माण सम्पन्न गर्नुपर्ने म्याद पटक–पटक थपिए पनि पछिल्लोपटक थपेको म्याद सक्न लागेपछि फेरि छ महीना म्याद थप्ने तयारी भइरहेको व्यापारिक मार्ग विस्तार योजना, वीरगंज–पथलैया सडक परियोजना कार्यालय पथलैयाका सूचना अधिकारी इ. सम्पतलाल दासले बताए ।

२०७३ असार २९ गतेदेखि चालू यो मार्गको निर्माण काम २०७८ असार मसान्तसम्म ७८ प्रतिशत मात्र सम्पन्न भएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भएको थियो । पथलैयादेखि सुक्खा बन्दरगाह, वीरगंजसम्म ३१ किलोमिटर सडक कालोपत्र गर्नुपनेमा ७८ प्रतिशत मात्र काम सकिएको हो ।

सडक निर्माणका लागि सातवटा खण्डमा विभाजित गरी निर्माण कम्पनीले ठेक्का सकार गरेका छन् । जसमा परवानीपुरदेखि गण्डक नहरसम्म ३.९२ किलोमिटर ६० प्रतिशत काम भएको छ। गण्डक नहरदेखि हरपतगंज सुक्खा बन्दरगाहसम्म ३.५० किमिमा ८३ प्रतिशत र हरपतगंज चोकदेखि सुक्खा बन्दरगाहसम्म ३.५० किलोमिटरमा ५६ प्रतिशत मात्रै काम भएको छ ।

यसैगरी पथलैया चोकदेखि सूर्य नेपाल सिमरासम्म ४.५६ किलोमिटरमा ९४ प्रतिशत काम भएको छ भने सूर्य नेपाल सिमरादेखि सैनिक क्याम्प जीतपुरसम्म ५.८० किलोमिटरमा ५१ प्रतिशत मात्रै काम भएको छ । सैनिक क्याम्प जीतपुरदेखि परवानीपुरसम्म ५.१६ किलोमिटर ८० प्रतिशत, परवानीपुरदेखि गण्डक चोक ४.२४ किलोमिटरमा ८६ प्रतिशत काम सम्पन्न भएको सडक परियोजनाको कार्यालयले जनाएको छ ।

निर्माणाधीन वीरगंज–पथलैया ६ लेन सडक अन्तर्गत पर्ने पुलहरूमध्ये जीतपुरस्थित लालका पुलको काम ८८ प्रतिशत सकिएको छ । त्यसैगरी परवानीपुरस्थित श्रीसिया पुलको ८४ प्रतिशत, परवानीपुर–सुक्खा बन्दरगाह मार्गमा पर्ने श्रीसिया खोला पुलको ८२ प्रतिशत निर्माण काम पूरा भएको सूचना अधिकारी दासले बताए  । प्रतीक दैनिक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button