खबर फटाफटप्रदेश

पर्साको छिपहरमाईमा लायन्स क्लब अफ वीरगञ्जको वृक्षारोपण

वीरगञ्ज-लायन्स क्लब अफ वीरगञ्जले शनिबार पर्साको छिपहरमाई गाउँपालिकामा वृक्षारोपण गरेको छ ।

गाउँपालिकाको वडा न ४ बन्जारी स्कूल, प्रहरी चौकी, सशस्त्र प्रहरी ब्यारेक, छिपरहमाई मन्दिर, तुलसीबर्वा स्कूल र ईदगाहमा दुई हजार बिरुवा रोपिएको लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष छेदुप लामाले जानकारी दिए ।

प्रमुख अतिथि वडा अध्यक्ष रामबालक गद्दी राउत र अध्यक्ष लामाले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । अध्यक्ष लामाले सो अवसरमा छिपरहमाई गाऊँपालिका, बन्जारी स्कूल, तुलसीबर्वा स्कूल र वडा कार्यालयलाई मायाको चिनो प्रदान गरे ।

अध्यक्ष लामाले क्लबका कर्पोरेट पार्टनर्स माछापुच्छ्रे बैंक लिमिटेड, दृष्टि आँखा अस्पताल, प्रभु हस्पिटल, स्पर्श मल्टीस्पेशीऐलिटी हस्पिटल, संजीवनी डाइयग्नास्टिक, गौतम स्कूल, नैशनल इन्फोटेक कलेज, साउथ जोन स्कूललाई धन्यवाद दिए ।

कार्यक्रममा बलराम श्रेष्ठ, जितेन्द्र कुमार कर्ण, बन्जारी विद्यालयका प्रधानाध्यापक चित्रविक्रम साह, तुलसीबर्वा विद्यालयका प्रधानाध्याक प्रभु गिरीलगायतले मन्तव्य राखेका थिए ।

क्लवका सचिव पप्पू श्रीवास्तवले कार्यक्रम सञ्चालन गरेका थिए । वृक्षारोपण कार्यक्रममा लियो क्लब अफ गन्जभवानीपुर र लियो क्लब अफ बीरगञ्ज सहआयोजक थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button