अर्थखबर फटाफटप्रदेश

एनवाईईएफको उद्योग भ्रमण र अन्तरक्रिया : उद्यमशीलता प्रवद्र्धनमा उदाहरणीय प्रयास

Thrill Factory
Rungta Group

वीरगञ्ज- कोरोना संकटमा उद्योग सञ्चालन र जोखिम व्यवस्थापनबारे स्थलगत अध्ययनका लागि युवा उद्यमीहरुले उद्योग भ्रमण र अन्तरसम्बाद गरेका छन् । नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्ज र चितवनको संयुक्त आयोजनामा सो २ दिने स्थलगत भ्रमण र अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

वीरगञ्ज र चितवनका युवा उद्यमीबीच उद्योग व्यापारका वर्तमान सम्भाव्यता, समस्या र समाधानका विषयमा छलफल तथा परिचयात्मक अन्तरक्रिया आयोजना भएको एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए ।

सो अवसरमा बारा पर्सा औद्योगिक कोरिडोरमा रहेको इन्टरनेशल सिमेन्ट प्रालि र निम्बस समूहका उद्योगहरुको स्थलगत अवलोकन भएको थियो । इन्टरनेशल सिमेन्टका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले सहभागीहरुलाई स्वागत गर्दै आफ्नो उद्योगका विविध पक्षका बारेमा जानकारी दिएका थिए । एनवाईईएफ वीरगञ्जका उपाध्यक्षसमेत रहेका अग्रवालले यस्ता अवलोकन भ्रमणले युवा उद्यमीहरुबीच सीप र ज्ञानको आदानप्रदान हुने बताए ।

यसबाट युवा उद्यमीलाई नयाँ सम्भाव्यताको खोजी र उपयोगको नयाँ मार्ग सहज हुने भनाइ अग्रवालको थियो । उद्योग भ्रमणपछि उद्यमीहरुबीच तलीम तथा अनुभव आदानप्रदान कार्यक्रम भएको थियो ।

एनवाईईएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष अनुप अग्रवालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल बाराका सशस्त्र प्रहरी उपरीक्षक रविन राज कर्णजीतले उद्यमीमा आत्मविश्वास, इमानदारी र सृजनशीलता अपरिहार्य रहेको बताए ।

विशिष्ट अतिथि पर्सा राष्टिय निकुञ्ज आधाभारका प्रमुख महेश शाहले युवा उद्यम र नयाँ सम्भाव्यताको खोजी एकअर्काका पूरक भएको बताए । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरले अध्ययन भ्रमण र अनुभव आदानप्रदान उद्यमशीलता विकासका लागि अपरिहार्य रहेको उल्लेख गरे ।

एनवाईईएफका द्धितीय केन्द्रीय उपाध्यक्ष सहारा जोशीले एनवाईईएफ वीरगञ्जले उद्यमीहरुका लागि आयोजना गरेको अध्ययन भ्रमण र अन्तरक्रिया उदाहरणीय र सराहनीय कार्यक्रम गरेको भन्दै प्रशंशा गरिन् ।

कार्यक्रममा एनवाईईएफ चितवन च्याप्टरका अध्यक्ष राजेश गौतमले आर्थिक तथा औद्योगिक नगर वीरगञ्ज र चितवनका उद्यमीबीच भएको अन्तरक्रिया अनुकरणीय भएको र यो उद्यमशीलता विकासमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

पूर्वअध्य्क्ष दाताराम घिमिरेले उद्यमीबीच बेलाबेलामा यस्ता अन्तरक्रियाको खाँचो पर्ने र यसले उद्यमीमा नयाँ सोच र सम्भाव्यताको विकास हुने बताए । एनवाईईएफ वीरगञ्जका संस्थापक सदस्य राहुल अग्रवालले व्यवसायीले विश्वास र जोखिम दुवै आफ्नो क्षमतालाई हेरेरमात्रै उठाउनुपर्नेमा जोड दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button