No Image Headlineखबर फटाफटदेशमुख्य खबर

कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५, बढ्न थाल्यो संक्रमण

Thrill Factory
Rungta Group

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट योसहित मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ ।

देशभर अहिले ३४४ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ७५७ रहेको छ। हाल देशभर संस्थागत आईसोलेशनमा २ हजार ६७१ जना रहेका छन् भने होम आईसोलेशनमा २५ हजार ८६ रहेका छन् ।

अहिले नेपालमा ६५० जना कोरोना संक्रमितको आईसीयूमा उपचारत रहेका छन् भने १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले बताएको छ ।

नेपालमा विगत २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारीअनुसार सो अवधिमा देशभर पीसीआर परीक्षणबाट २ हजार ३०९ र एन्टीजेन परीक्षणबाट ८०५ गरि कुल ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यसैगरी सो अवधिमा २ हजार १९७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले बताएको छ । यसैगरी सो अवधिमा १६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा सो अवधिमा ६१५ जना संक्रमित थपिएका छन् भने काठमाडौं जिल्लामा सबैभन्दा बढी अर्थात् ४२१ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुर जिल्लामा ८६जना र ललितपुर जिल्लामा १०८ जना संक्रमित थपिएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button