No Image Headlineअर्थप्रदेश
शुरु भयो माथिल्लो तामाकोशीको तेस्रो युनिटबाट विद्युत् उत्पादन

दोलखा-माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा आएको छ ।
शुक्रवारबाट ७६ मेगावाटको तेस्रो युनिट सञ्चालनमा आएको हो । शुक्रवार तेस्रो युनिट सञ्चालनमा आएसँगै २२८ मेगावाट विद्युत् उत्पादन हुन शुरु गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता गणेश प्रसाद न्यौपानेले बताए ।


पहिलो युनिट गत असार २१ गते र दोस्रो युनिट असार २९ गते सञ्चालनमा आएका थियो । साउन महीनाभित्र चौथो युनिटबाट पनि विद्युत् उत्पादन शुरु हुने प्रबक्ता न्यौपानेको भनाइ छ । अभियान