No Image Headlineप्रदेशमुख्य खबर

व्यक्तिगत निर्माणलाई सार्वजनिक स्थल ओगट्नेविरुद्ध कठोर वीरगञ्ज महानगर

Thrill Factory
Rungta Group

वीरगञ्ज- नगरक्षेत्रका सडक र अन्य सार्वजनिक स्थलमा निर्माण सामग्री राखेर निर्माण कार्य गर्नेलाई वीरगञ्ज महानगरपालिकाले कारवाही शुरु गरेको छ । महानगरले शनिबार नगरका विभिन्न क्षेत्रबाट त्यस्ता सामग्री नियन्त्रणमा लिएको छ ।

सार्वजनकि सडक अवरुद्ध पारेर घर निर्माण गर्ने र व्यवसाय सञ्चालन गर्नेविरुद्ध महानगरले कारवाही अभियान चलाएको हो ।

 

वीरगञ्जका सडक र गल्लीमा निर्माण इट्टा, बालुवा, गिटीलगायतका निर्माण सामग्री थुपार्दा आम सर्वसाधारणलाई सास्ती भइरहेको छ । यो प्रवृत्ति नियन्त्रणका लागि त्यस्तो सामाग्री नियन्त्रणमा लिने र जरीवानक तिराउने गरिएको महानगरले बताएको छ ।

 

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button