अर्थप्रदेश

किसानलाई क्रेडिटकार्ड

Thrill Factory
Rungta Group

मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३ दशमलव ५६ प्रतिशत र पुरुषलाई ४ दशमलव ५६ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ ।

ती कृषक जसले धितो दिन सक्दैनन् र सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न सक्दैनन् त्यस्ता कृषकका लागि यो कार्यक्रमले सहयोग गर्ने उनले बताए । अध्यक्ष हुमागाईंले मनकामना दुग्ध सहकारी लिमिटेडसँगको सहकार्यमा नेपाल बंगलादेश बैंक मकवानपुरगढी शाखाबाट उनीहरुले ऋण प्राप्त गर्ने बताए ।

नेपाल बंगलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिटकार्डमार्फत पहिलोपटक नौलो कार्यक्रमअन्तर्गत ऋण लगानी गरेको जानकारी दिए । यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताए । यस पालिकामा कृषिमा गरिने लगानी लाभदायी हुने उनले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button