यस्तो पनि

पशुको दिसाबाट कफी !

Thrill Factory
Rungta Group

विश्वमा कफी पारखिको कमी छैन । कफीको स्वाद र सेवनपछि पाउने पुर्नताजगीले मानिसलाई कफी पिउन प्रेरित गर्दछ । त्यसैले मानिसहरु मंहगो मुल्य तिरेर भएपनि कफी पिउने गर्दछन् । तर एउटा सामान्य कफीको कति मुल्य पर्ला ? बढिमा एकहजार ?

विश्वको सबैभन्दा महंगो कफी कोपी लुवाक हो । जसको मुल्य करीब साढे ११ हजार पर्दछ । यो कफी सिवेट नामक पशुको दिसाबाट तयार पारिन्छ । अमेरिका यसको एक कपको मुल्य लगभग १० हजार पर्दछ । त्यहाबाट बाहिर यसको निर्यात हुदाँ यसको मुल्य झन् बढ्दछ ।

यो कफी बनाउन यसलाई बिरालो जस्तो पशुको दिसाबाट तयार पारिन्छ । सिवेट नामक बिरालो जस्तै एक प्रजातीको पशुले कफीको अधकल्चो (पुरा नपाकेको) बिउ खाने गर्दछ । सिवेटले यसको गुदी पचाएपनि पाचक एन्जाइम्सको कमीले कफीको गेडा पचाउन सक्दैन । जसका कारण त्यसको दिसामा यो सहजै बाहिर निस्किन्छ ।

यसरी सिवेटले खाएर दिसामा निस्किएको कफीको गेडालाई सफा गरिन्छ । त्यसपछि यसलाई किटाणुरहित पारेर भुटिन्छ र कफी तयार पारिन्छ । यसरी सिवेटको पेटमा रहदाँ कफी अझ गुणस्तरीय र पौष्टिक हुन पुग्दछ । सोहि कारणले यसको मुल्य महंगो पर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button