अन्तराष्ट्रिय

चीनमा बाढी र डुबान, मृत्यु हुनेको संख्या ५६ पुग्यो

Thrill Factory
Rungta Group

चीनको मध्य क्षेत्रमा पर्ने हेनान प्रान्तमा भिषण बर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ। बाढी पहिरोमा अझै सातजना हराइरहेका सरकारी अधिकारीहरुले जनाएका छन्।

प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार हेनान प्राप्तको झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीलाई अझै बाहिर निकालन सकिएको छैन। यसले पनि मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।

भूमिगत सडकमा अझै धेरै पानी जमिरहेको छ। त्यहा थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन्।

आकस्मिक सेवा अझै जारी छ। कतिपय व्यक्तिलाई स्थानीयसमेतको सहयोगमा उद्धार गरिएको छ। एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button