
चितवन -आफ्नै सहकर्मीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाँडामा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका दि फेमस महेन्द्र दल गण, टोखामा कार्यरत हुद्दा भरत गुरुङको हत्या आरोपमा सोही गणका सैनिक जवान चितवनका गंगाधर ढकाल पक्राउ परेका हुन् ।


शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी घटनाको विषयमा जानकारी दिएको हो । पैसाका लागि हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
धादिङका नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का मृतक सेनामा कार्यरत गुरुङको सोझोपन र रक्सीको कुलतमा फसेको कमजोरीको फाइदा ढकालले लिएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार मृतकको ग्लोबल आईएमई बैंकको खाली चेक लिएर गंगाधर साउन २ गते चितवन आएको र साउन तीन गते फर्जी नाम र ९ लाख अङक भरी गुरुङको किर्ते हस्ताक्षर गरी ९ लाख रुपैयाँ निकालेका थिए ।
ढकालले एक लाख आफैँले राखेको, ६ लाख बुबालाई दिएको र २ लाख श्रीमतीलाई दिएको खुलेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए ।
गुरुङले पहिल्यैदेखि चितवनमा जग्गा लिन खोजेको र यही शिलशिलामा उनले ढकाललाई काठमाडौं लिन बोलाएको प्रहरीले बताएको छ । मोटरसाइलकमा पुनः चितवन फर्केका दुईजना चितवनको साउन पांँच गत चितवनकै एक होटलमा बास बसेका थिए ।
साउन ६ गते गुरुङले लिएर आएको झोला मृतक गुरुङकै माइला बुबा भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित रबिन गुरुङकोमा राखेर दुवै जना घुम्न बजारतिर निस्केको प्रहरीले जानकारी दिएको छ । १२ खरी