No Image Headlineखबर फटाफटदेशमुख्य खबर

जसपामा हेड काउन्टको ‘हेड्याक’-को कुन पक्षमा ?

Thrill Factory
Rungta Group

काठमाडौं -निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गर्ने भएपछि दलका दुवै पक्ष आआफ्नो पक्षमा बहुमत देखाउन अनेक तिकडममा लागेका छन् ।

जसपाको महन्थ ठाकुर पक्षसँग कार्यकारिणी समितिका १९ जना सदस्यमात्र छन् । यो पक्षमा रहेको भनिएका राजकिशोर यादवलगायतका केही सदस्य कुनै पक्षमा खुलिसकेका छैनन् । उनीहरु जसपाको जुन पक्षले मान्यता पाउँछ उतै उभिने रणनीतिमा छन् ।

उपेन्द्र यादवको समूहमा ३२ जना देखिएका छन् । ठाकुर पक्षलाई बहुमत जुटाउन र उपेन्द्र यादवलाई आफ्नो पक्षमा रहेका सदस्य जोगाउन निकै ठूलो कसरत गर्नुपर्ने देखिएको छ ।

ठाकुर पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत नरहेको स्वीकार गरिसकेको छ । यो समूहले निर्वाचन आयोगले बहुमत रहेको पक्षलाई नै आधिकारिकता दिन सक्ने आँकलन गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिसकेको छ ।

आयोगले सोमबार उपस्थित हुन भनेको छ। आयोगले बोलाएको समयसम्म बहुमत जुटाउनका लागि पहल गर्ने रणनीतिलाई पनि ठाकुर पक्षले जारी राखेको छ ।

राजकिशोर यादव, गोविन्द चौधरी, मनिष सुमन लगायतले पनि उपेन्द्र यादव पक्षतिर झुकाव राख्न थालेको बताइन्छ । तर उनीहरु हालसम्म कसैको पक्षमा खुलेका छैनन् । स्रोतका अनुसार उनीहरु जहाँ जसपा हुन्छ, त्यहीँ आफूहरु रहने भन्दै निर्वाचन आयोगको फैसलाको प्रतीक्षामा छन् ।

यता, महन्थ ठाकुर पक्षले राजकिशोर यादवलाई तान्ने प्रयास गरिरहेको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पटक पटक आफै गएर उनीसँग भेट गरेका छन् । महन्थ ठाकुरले पनि आफ्ना मान्छे पठाएर कुरा गरेका छन् । महन्थ ठाकुरले राजकिशोर यादवलाई मन्त्री बनाइदिने प्रस्तावसमेत गरेको स्रोतको दाबी छ ।
उपेन्द्र यादव पक्षलाई पनि आफूतिर रहेका कार्यकारिणी समितिका सदस्यलाई जोगाउन धौधौ भइरहेको छ । उपेन्द्र यादवले सबैप्रति निगरानी बढाएका छन् ।

कसको पक्षमा कति ?

उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य

१. डा बाबुराम भट्टराई

२. उपेन्द्र यादव

३.अशोक राई

४.राजेन्द्रप्रसाद श्रेष्ठ

५.नवराज सुवेदी

६.परशुराम खापुङ

७.बाबुराम कार्की

८.रकम चेम्जोङ

९.रेणुकुमार यादव

१०.लालबाबु राउत

११.हिसिला यमी

१२.हेमराज राई

१३.गंगानारायण श्रेष्ठ

१४.रणध्वज कन्दङ्वा

१५.प्रकाश अधिकारी

१६.इस्तियाक राइ

१७.र्गा सोब

१८.परशुराम बस्नेत

१९.प्रशात सिंह

२०.भक्तबहादुर शाह

२१.सुशिल श्रेष्ठ

२२.विजयकुमार यादव

२३.रामसहाय यादव

२४.दानबहादुर विश्वकर्मा

२५.डम्बर वल्लव खतिवडा

२६.महेन्द्रराय यादव

२७.मृगेन्द्र कुमार सिंह

२८.नवलकिशोर साह

२९.रामनरेश यादव

३०.रमेशप्रसाद यादव

३१.गज्जाधर रोहित यादव

३२.अमृता अग्रहरी

महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य

१.महन्थ ठाकुर

२.राजेन्द्र महतो

३.शरतसिंह भण्डारी

४.अनिलकुमार झा

५.राजकिशोर यादव

६.सर्वेन्द्रनाथ शुक्ला

७.वृषेशचन्द्र लाल

८.गोविन्द चौधरी

९.जितेन्द्रप्रसाद सोनार

१०.लक्ष्मणलाल कर्ण

११.उमाकान्त चौधरी

१२.चन्दा चौधरी

१३.मनिष कुमार सुमन

१४.रेशम चाधैधरी

१५.राजकुमार लेखी

१६.केशव झा

१७.एकवाल अहमद

१८.निर्जला राउत

१९.रामकुमार ओझा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button