No Image Headlineअर्थदेश

डेढ करोड डोज खोप किन्न एडीबीले दियो १९ अर्ब

Thrill Factory
Rungta Group

काठमाडौं-एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप किन्न १९ अर्ब ६३ करोड रुपैयाँ करोड ऋण दिने भएको छ ।

सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो ।

एडीबीले डिसेम्बर २०२० मा ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम सार्वजनिक गरेको थियो । नेपाल सरकारको प्रस्तावमा यही कार्यक्रमअन्तर्गत रहेर एडीबीले नेपाललाई यो ऋण दिन लागिएको हो ।

एडीबीको ऋणबाट १ करोड ५९ लाख डोज खोप किन्न पुग्ने अनुमान छ । यसले करीब ६८ लाख नागरिकलाई महामारीबाट बचाउन सहयोग पुग्ने र खोपको राष्ट्रिय अभियानमा सघाउन पुग्ने एडीबीका अध्यक्ष मासाटुगु आशाकावाले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button