No Image Headlineदेशमुख्य खबर

किन एकाएक ‘यु टर्न’ भए ओली ?

Thrill Factory
Rungta Group

काठमाडौ-एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक युटर्न भएर वरिष्ठ नेता माधव कुमार नेपाल समूहप्रति लचिलो देखिएका छन् ।

तर यो युटर्न पनि ओलीको जालझेल हुन सक्ने आशंकाले नेपाल समूह विश्वस्त देखिएको छैन ।
ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहका नेताहरुको भनाइ छ ।

पार्टीभित्रको विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएपछि बसेको केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीको आन्तरिक विवाद मिलाउन दवाव दिएपछि ओली युटर्न भएको खबर नागरिक दैनिकमा छापिएको छ ।

बालुवाटारबाट निजी निवास सर्नेक्रममा नेपालबाहेक अरु नेतालाई पार्टीमा स्वागत गरिने तर नेपालका लागि कुनै स्थान नरहेको बताएका ओलीले अहिले आएर सबैलाई आममाफी दिने घोषणा समेत गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button