No Image Headlineदेश

तीनवटा प्रदेशमा दिउँसाे भारी वर्षाकाे सम्भावना

काठमाडाैँ – देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको माैसमिवदले जानकारी दिएका छन्।

शुक्रबार राति पनि यस्तै माैसमी प्रणाली रहने माैसमविदकाे पूर्वानुमान छ।

राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ।

राति सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाे महाशाखाले जनाएकाे छ।

नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन माैसमविदले आग्रह गरेका छन्।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button