खबर फटाफटप्रदेश

चितवनमा थपियो निषेधाज्ञा, यातायात र परीक्षा खुकुलो

Thrill Factory
Rungta Group

चितवन- चितवनमा जारी निषेधाज्ञा पुनः एक साताको लागि थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिहीवार आदेश जारी गरी साउन १४ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको जानकारी दिएको हो । लामो तथा छोटो दुरीका अत्यावश्यक सवारीसाधन र परीक्षालाई केही खुकुलो पारिएको छ ।

जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमित कम नभएको र जोखिम कायम रहेको भन्दै निषेधाज्ञा थपिएको कार्यालयले बताएको छ ।

अत्यावश्यक अन्तरजिल्ला यातायात र जिल्लामा हुने परीक्षाका तालिका बाहेक अन्य नियमहरु अघिल्ला नियमलाई निरन्तरता दिइएको सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।

यसअघि जिल्लामा जोर बिजोरको प्रणालीबाट निजी तथा भाडाका सवारी सञ्चालनमा आएपनि शुक्रवारदेखि सम्बन्धित जिल्ला प्रशासनको सिफारीसमा अत्यावश्यक छोटो तथा लामो दुरीका सवारीसाधनलाई अन्तरजिल्ला प्रवेश गर्न दिइने छ ।

यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी तोकिएका परीक्षा सञ्चालन गर्न भने पाइने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button