यस्तो पनि

सुनको शौचालय प्रयोग गर्ने सरकारी अधिकृत

Thrill Factory
Rungta Group

मस्को– सुनको शौचालय बनाउने एउटा सरकारी अधिकृतको हैसियत हुन सक्छ < तर, यस्तै भएको छ ।

एक जना ट्राफिक अधिकृतलाई भ्रष्टचार र घुस लिएको आरोपमा पक्राउ गरिएको छ । त्यही क्रममा जब उनको घरमा तलाशी लिइयो, तब तलाशी लिनेहरु नै आश्चर्यमा परेका छन् ।

अनुसन्धानका क्रममा जब आरोपीको घरमा छापा पारियो, तब उनको भवन, भव्य कोठा, असाधारण सजावटका साथै सुनको शौचालय देखेर सबै दंग परे । ती अनुसन्धान अधिकृतहरुले भष्टचारबाट आर्जित सम्पूर्ण सम्पतिको फुटेज पनि जारी गरेका छन् ।

रुसको अनुसन्धान समितिले दक्षिणी क्षेत्र स्टाभरोपोलमा प्रहरी अधिकारी एलेक्सी सफोनोभ तथा छ अन्य मानिसलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । ती व्यक्तिहरुलाई एउटा आपराधिक गिरोहलाई परमिट जारी गरे वापत पैसा लिएको आशंकामा पक्राउ गरिएको थियो ।

ती अधिकारीले जब सफोनोभको भवनमा छापा मारे, त्यहाँबाट सुनको शौचालयसहित विभिन्न कुराहरु भेटियो । घरको सजावट हेर्दा कुनै राजाको घर जस्तो देखिन्थो ।

स्काई न्यूजका अनुसार एलेक्सी सफोनोभमाथि आपराधिक गिरोहलाई अन्नहरुको कार्गो ट्रान्सपोर्ट परमिट जारी गराएकाले ट्रान्सपोर्टर सजिलै प्रहरी चौकी पार गरे र उनीहरुको कुनै जाँच पनि गराइएन, जसका लागि उनले ठूलो धनराशी घुसको रुपमा लिएको पत्ता लागेको छ । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button