देश

बाटो बिराएकालाई माफी दिन्छौं-ओली

Thrill Factory
Rungta Group

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताएका छन् ।

एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले पार्टी एकता गरेर जान आग्रह पनि गरे । पार्टी एकतालाई आग्रह गर्दै उनले सबैलाई आममाफी दिने घोषणा गरे ।

फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपको बिरुवालाई सानोतिनो हावा हुन्डरीले केही असर नपार्ने जिकिर पनि ओलीले गरे । अध्यक्ष ओलीले कुनै पनि आन्दोलले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएर आफूलाई प्रधानमन्त्रीको पदबाट हटाइएको दाबी पनि गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button