खबर फटाफटप्रदेश

अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न सकिने

Thrill Factory
Rungta Group

हेटौंडा शुक्रबारदेखि ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशबाट यस्तो सुविधा दिन लागिएको हो ।

अनलाइनबाटै सवारी कर, नवीकरण, जरीवानालगायतका राजस्व भुक्तानी र नवीकरण गर्ने सुविधा उपलब्ध हुने बागमती प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ । वेबपोर्टल र नागरिक एपबाट यो सुविधा उपलब्ध हुने मन्त्रालयले बताएको छ ।

मन्त्रालयले गत असार २४ मै यो प्रणाली लागू भएको सूचना निकालेको थियो । पूर्ण प्राविधिक तयारी तथा भुक्तानी सुविधासहितको प्रणाली अहिले तयार भएको हो ।

नागरिक एपको सवारी कर फिचरमा सवारी साधनको विवरण, यस अघि कर तिरिसकेको विवरण र तिर्न बाँकी करलगायतको जानकारी लिन सकिने बताइएको छ ।

यो सेवा अब क्रमशः अन्य प्रदेशका यातायात व्यवस्था कार्यालय तथा यातायात सेवा कार्यालयमा समेत विस्तार गर्ने तयारी सरकारको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button