No Image Headlineदेशमुख्य खबर

जापानबाट आउने अस्ट्राजेनेका खोप ६५ वर्ष माथिकालाई लगाइने, कहाँबाट कति आयो ?

काठमाडौं-जापानबाट कोरोनाविरुद्धको १६ लाख डोज अस्ट्राजेनेका खोप केही दिनमै आउने भएको छ।

नेपाल स्थित जापानी राजदूत किकुता युताकाले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटमा जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप छिट्टै आइपुग्ने बताएको प्रधानमन्त्री देउवाले समाजिक सञ्‍जाल ट्वीटरमार्फत जानकारी दिएका छन्।

जापानले कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई कोभिडविरुद्धको अस्ट्राजेनेका खोप १६ लाख डोज दिने घोषणा केही साताअघि गरेको थियो। अक्सफोर्डको अस्ट्राजेनेका फर्मुलामा उत्पादन गरिएको यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो।

यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करिब ६५ वर्षमाथिका १० लाख ज्येष्ठ नागरिकसहित १३ लाख ६५ हजार बढीले पाउनेछन्।

केही दिनअघि अमेरिकाले कोभ्याक्स सुविधामार्फत पठाएको १५ लाख डोज जोन्सन जोन्सन खोप आइपुगेपछि हाल सो खोप लगाउन सुरु गरिएको छ। त्यसअघि चीनले १८ लाख अनुदान र ८ लाख खरिद गरेको भेरोसेल खोप आइसकेको छ। भारतले पनि ११ लाख अनुदान र १० लाख खरिद गरेको खोप पठाइसकेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button