No Image Headlineखबर फटाफटदेशमुख्य खबर

कोरोना संक्रमणबाट २४ जनाको मृत्यु पुष्टि, २७१४ जना संक्रमित थपिए

निको हुनेभन्दा दोब्बर बढी संक्रमित

Thrill Factory
Rungta Group

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीवार देशभरमा १२ हजार ८२९ जनाको परीक्षण गर्दा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजार ७०७ जनाको परीक्षण एन्टिजन विधिबाट र बाँकीको पीसीआर विधिबाट गरिएको हो । यो कुल परीक्षणको करीब २१ प्रतिशतमा संक्रमण देखिएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ पुगेको छ । यसैगरी, बिहीवार १ हजार २८८ जना निको भएसँगै हालसम्म ६ लाख ३७ हजार ६९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button