No Image Headlineदेश

जनताको अकालमा ज्यान जान्छ, नेतालाई कानूनविपरीत लाखौं उपचार खर्च

Thrill Factory
Rungta Group

काठमाडौं-नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा गरेको पाइएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो ।

एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै यो रकम निकासा भइसकेको हो । २ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।

दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन्। यो तथ्य बाहिर आएपछि अहिले सार्वजनिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ । आम जनता झाडा पखाला लाग्दा पनि उपचार नपाएर मर्नुपर्ने देशका नेताहरुलाई उपचार खर्चको नाममा कानूनविपरीत लाखौं रकम दिएको भन्दै विरोध भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button