No Image Headlineखबर फटाफटदेश

गृहले भन्यो-लामो दूरीमा यातायात सहजीकरण गर

Thrill Factory
Rungta Group

काठमाडौं-गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको सहजीकरण गर्न मातकतका निकायलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयसहित ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर गृह मन्त्रालयले मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरणको निर्देशन दिएको हो ।

सवारी साधन सञ्चालन गर्दा आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन पनि भनिएको छ । अहिदे त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायतका निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमनलाई ध्यानमा राखेर जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर यातायात सञ्चालनमा सहजीकरण गर्न भनिएको हो ।

साउन ४ मा मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको थियो । अहिले काठमाडौं उपत्यकाभित्र बाहिरी जिल्लाबाट यात्रुबहाक बस आउन दिइएको छैन। उपत्यकाभित्र सार्वजनिक बस चलेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button