No Image Headlineदेशमुख्य खबर

प्रधामन्त्री देउवालाई विश्वासको मत दिने एमालेका सांसदलाई २४ घण्टे स्पष्टीकरण

साधारण सदस्यबाटै हटाउने तयारी

विपक्षी दलका प्रधानमन्त्रीलाई विश्वासको मत दिने २२ जना सांसदलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । तर, स्पष्टीकरणमा संसदमा विश्वासको मत दिएको बारेमा भने कुनै प्रश्न गरिएको छैन ।

एमाले माधव नेपाल पक्षका २२ सांसदले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर २२ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

माधव समूहको असहयोगका कारण केपी ओली सत्ताबाट बाहिरिनु परेको थियो । २४ घण्टाभित्र जवाफ नदिए कारबाहीको चेतावनीसहित पठाइएको स्पष्टीकरण पत्रमा भनिएको छ-‘केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरु निरन्तर गराइरहेको र पार्टीको विधान तथा नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने उल्लेखित कर्तव्यको उल्लंघन गरे/गराएको हुँदा तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्नुहोला ।’

अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र नदिए वा चित्तबुझ्दो नभए साधारण सदस्यबाटै निस्काशन गर्ने उल्लेख गरिएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत दिएकै आधारमा स्पष्टीकरण सोध्ने काम गलत रहेको बताएको छ ।

एमालेले भने प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका २२ सांसदहरुलाई कारबाहीको तयारी अनुसार स्पष्टीकरण सोधेको हो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button