No Image Headlineखबर फटाफटदेश
२८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं -नेपालमा विगत २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार ८ हजार ७१५ ओटा पीसीआर परीक्षण गरिएकोमा १ हजार ९१८ र ३ हजार ९०१ ओटा एन्टिजेन परीक्षण गरिएकोमा ९३१ जना गरी कुल २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



मन्त्रालयका अनुसार उक्त अवधिमा नेपालभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ४७५ रहेको छ । यसैगरी सो अवधिमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।



मन्त्रालयका अनुसार उक्त अवधिमा काठमाडौं उपत्यकामा ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा ४९० जना, ललितपुर जिल्लामा १२८ र भक्तपुर जिल्लामा ७९ जनामा कोरानो संक्रमण पुष्टि भएको छ ।