
वीरगञ्ज-वीरगञ्जमा प्रहरीले ५ किलो ३३४ ग्राम चाँदीका गहनासहित १ जनालाई पक्राउ गरेको छ ।



भारतबाट अवैध रुपमा चाँदी भित्र्याइरहेको सूचनाका आधारमा चेकजाँच गर्दा सीमावर्ती शंकाराचार्यद्धारनजिकै बुधबार सप्तरी राजविराज-२ का अंगत साह पक्राउ परेका हुन् ।



रक्सौलबाट पैदल आइरहेका साहलाई खानतलासी गर्दा उनले बोकेको झोलाबाट सो परिमाणको चाँदीको गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।



पक्राउ परेका साहलाई चाँदीसहित कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा पठाइने प्रहरीले बताएको छ ।