खबर फटाफटप्रदेश

प्रदेश २ मा ४ हजार सवारी दुर्घटना

Thrill Factory
Rungta Group

बारा-प्रदेश २ मा गत वर्ष करीब ४ हजार सवारी दुर्घटना भएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को अवधिका ३ हजार ९८३ ओटा सवारी दुर्घटना भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ ।

प्रदेशका ८ जिल्लामा भएका ती दुर्घटनामा ५२३ जनाको मृत्यु भएको छ । १ हजार ९३० जना गम्भीर घाइते भएको प्रदेश २ ट्राफिक कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा ४ हजार ७४ जना सामान्य घाइते भएका छन् । वर्षभरिमा ५ हजार ८११ ओटा सवारी साधन दुर्घटनामा परेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button